ढुंगाना प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशको बैठक

ढुंगाना प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशको बैठक

आज मिति २०८०। १। १८ गते ढुंगाना प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशको बैठक बसि निम्न बमोजिमको निर्णय गरियो। १) धेरै दिन पछि बसेको बैठक ले हामी बिच आत्मियता बढाउदो रहेछ। त्यही कुरालाइ मनन गरी प्रत्येक ३/३ महिनामा नियमित बैठक बस्ने र उक्त बैठक महिनाको पहिलो शनिबारको दिन अध्यक्षले call गर्ने २) हाम्रो लुम्बिनी प्रदेश कार्यसमितिको साइन बोर्ड बनाई अफिस/सम्पर्क कार्यालय राख्ने/खोल्ने । ३) बंशावली संकलन अध्यावधिक गर्नका लागि केन्द्रले श्रावण महिना सम्म प्रेसमा जाने जानकारी गराइएको हुँदा छुटेका झुण्डलाइ पहिचान र संकलन तथा अध्यावधिक गर्न जिल्ला समितिहरुलाई घच्घच्याउनुको साथै आआफ्नो क्षेत्रबाट समेत प्रयास गर्ने। ४) केन्द्रबाट प्राप्त नव बर्ष २०८० सालको क्यालेण्डर सबै बन्धुहरुको घर घरमा पुर्याउने यसरी आजको यो बैठकमा बस्ने स्थान चिया पानीको ब्यवस्था मिलाइ बैठकलाई ब्यवस्थित बनाउन सहयोग गर्नुभएकी हाम्रो कोषाध्यक्ष सरस्वती ढुंगाना ज्युलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। #अध्यक्ष -बसन्तराज ढुङ्गाना